दाङको सिस्नेखोलाले गाडी बगाउँदा चार जनाको मृत्यु

२०७८ भदौ १७ बिहीबार ०८:३३:०० मा प्रकाशित

दाङ । दाङको सिस्नेखोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घोराहीको गोग्लीबाट घोराहीतर्फ आउँदै गरेको प्र.३.०१.०२४ च ४४४० नम्बरको गाडी सिस्नेखोलाले बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

कार गएराति १० बजेतिर बगाएको बताइएको छ। कारका चालक घाइते छन्। गाडीमा सवार घोराही १३ बस्ने ४० वर्षीया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ वर्षीया सुसिला श्रेष्ठ, घोराही १४ का अन्दाजी ३१ वर्षीया राधा कुँवर र सोही वडाकी ४२ वर्षीया विमला केसीको मृत्यु भएको डिएसपी रिजालले बताए ।

घाइते चालक घोराही १३ बस्ने ४३ वर्षीय नरबहादुर पुन उपचाररत छन्। गाडीसहित दुई जनाको शव गएराति नै भेटिएको हो भने दुई जनाको बिहान फेला परेको डिएसपी रिजालले जानकारी दिए। 
 

ताजा खबर