कोरोना संक्रमणबाट २० जनाको मृत्यु, ३०३० जना संक्रमणमुक्त

२०७८ भदौ १६ बुधबार १६:००:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनाको कोरोना परीक्षण गर्दा थप २०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०३० जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ योसँगै मृत्यु हुनेको संख्या १०,७७० पुगेको छ। अहिले २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर