फेरी अनिल–माधुरी एकैसाथ

२०७४ मङ्सिर २० बुधबार १२:१८:०० मा प्रकाशित

मुम्बई । कुनै जमानाको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित फेरी संगै  देखिने भएका छन् । उनीहरु १७ वर्षपछि संगै अभिनय गर्न लागेका हुन ।  निर्देशक इन्दर कुमारले आफनो नयाँँ फिल्म  ‘टोटल धमाल’ मा यी दुई जोडिलाई अभिनय गराउन लागेका हुन् ।

केही वर्ष अघि अनिल र माधुरी  ‘पुकार’ भन्ने फिल्ममा सँगै देखिएका थिए । दुबैले  ‘बेटा’, ‘परिन्दा’, ‘तेजाब’ र ‘राम– लखन’  जस्ता हिट फिल्म दिइसेकका छन् ।  धेरै वर्षको अन्तराल पछि फेरी अनिलसँग अभिनय गर्न पाउँदा आफु एकदमै माधुरीले बताएकी छिन् ।

पुरानो धमालको सिक्वेल टोटल धमाल एउटा  कमेडी फिल्म हो ।  फिल्ममा अनिल र माधुरीका साथ अजय देवगण, रितेश देशमुख, अरशद वारसी र जावेद जाफरी पनि मुख्य भूमिकामा रहने भारतीय मिडियाले जनाएको छ । साभार ः वेभ दुनियाँ 

ताजा खबर