१२ वर्षपछि रोनाल्डो युनाइटेडमा

२०७८ भदौ १५ मंगलबार २१:४४:०० मा प्रकाशित

क्रिस्टियानो रोनाल्डोले सर एलेक्स फर्गुसनका लागि आफू म्यानचेस्टर युनाइटेड फर्किएको बताएका छन् । प्रिमियर लिग क्लब युनाइटेडसँग औपचारिक सम्झौता भएपछि रोनाल्डोले इन्स्टाग्राममा लामो पोस्ट लेख्दै  आफ्नो पुनरागमन फर्गुसनप्रति समर्पित गरेका हुन् । रोनाल्डोले फर्गुसनलाइ फुटवल करियरमा आफ्नो पिता मान्ने गर्छन् ।

 यसअघि रोनाल्डोले युनाइटेडबाट खेल्दा फर्गुसन क्लबका प्रशिक्षक थिए । रोनाल्डोले १२ वर्षपछि युनाइटेडमा पुनरागमन गरेका हुन् । युनाइटेडले ३६ वर्षीय पोर्चुगिच स्ट्राइकर रोनाल्डोलाई  १५ मिलियन युरोमा २  वर्षका लागि अनुबन्ध गरेको हो । एक वर्ष सझौता थप गर्न सक्ने विकल्प रहेको छ । रोनाल्डोको प्रदर्शनको आधारमा ८ मिलियन युरो बढ्न सक्ने प्रावधान पनि सम्झौतामा रहेको उल्लेख गरिएको छ ।

युनाइटेडले गतसाता रोनाल्डो युनाइटेड फर्कने पक्का भएको घोषणा गरेको थियो । समर ट्रान्सफरको  समय सीमा आज राति सकिँदैछ । त्यसअघि युनाइटेडले  रोनाल्डोको अनुबन्धन प्रकृया पुरा गरेको हो ।  

रोनाल्डो प्रिमियर लिगको अर्को क्लब म्यानेचस्टर सिटी जाने पक्का जस्तै भएको थियो । तर अन्तिम समयमा रोनाल्डोको ट्रान्सफरले नाटकीय मोड लियो   । यसअघि रोनाल्डोले सन् २००३ देखि २००९ सम्म युनाइटेडमा बिताएका थिए । यो बीचमा उनले क्लबका लागि आठ मुख्य उपाधि जिते । २ सय ९२ खेल खेल्दै १ सय १८ गोल गरेका थिए । त्यसपछि उनी स्पेनिस क्लब रियाल मड्रिड गएका थिए ।

रोनाल्डोले पोस्टमा के लेखे ?

ती हर ब्यक्ति  जो मलाई जान्दछन् उनीहरु सवैलाई थाहा छ म्यानचेस्टर युनाइटेडप्रति  मेरो कहिल्यै समाप्त नहुने प्रेम । यो क्लबमा यसअघि मैले जति समय विताए त्यो अतभुतपूर्व थियो । हामीले सँगै जुन बाटो तय गर्यौं त्यो इतिहासमा सुनौलो अक्षरले लेखिएको छ । म अहिले आफ्ना भावनाहरु बयान गर्न सक्ने अवस्थामा छैन ।

मेरा लागि यो सपना पूरा भए जस्तै हो, त्यो चाहे म्यानचेस्टर युनाइटेडबाट खेल्दा होस या विपक्षी भएर । जुन रुपमा खेलेपनि समर्थक्ले मलाइ उस्तै किसिमको माया र सदभाव दर्शाइरहे ।

मेरो पहिलो घरेलु लिग उपाधि,  पहिलो कप, राष्ट्रिय टिमबाट पहिलो बोलावट, पहिलो च्याम्पियन्स लिग उपाधि,  पहिलो गोल्डेन बुट, पहिलो बलुन डि योर सवै रेड डेभिलससँग जोडिएको छ । विगतमा इतिहास लेखिएको छ र भविष्यमा पनि फेरि लेखिनेछ  । म आफनै ठाउ फर्किएर आएको छु । सर एलेक्स फर्गुसन तपाइँका लागि ।

 
किन रोनाल्डो विश्वका एक उत्कृष्ट खेलाडी हुन् ?
रोनाल्डो पाँच पटकका बलुन डि योर विजेता हुन्  । पहिलो पटक उनले सन् २००८ मा युनाइटेडबाट यो अवार्ड जितेका थिए । त्यसपछि उनले २०१३, २०१४, २०१६ र २०१७ मा रियालका खेलाडीमा रुपमा अवार्ड हात पारे ।

उनले  अहिलेसम्म पाँच पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । पहिलो पटक २००८ मा युनाीइटेडबाट च्याम्पियन्स लिग उपाधि जितेका रोनाल्डोले २०१४, २०१६,  २०१७, २०१८ मा च्याम्पियन्स लिग जिते । पछिल्लो चार उपाधि उनले रियाल मड्रिडबाट हात पारेका हुन् ।

तीन मुख्य लिगमा उनले सात उपाधि जितेका छन् । २००७, २००८  र २००९ मा प्रिमियर लिग म्यानचेस्टर युनाइडेटबाट, २०१२ र २०१७ मा ला लिगा  रियाल मड्रिड र २०१९ र २०२० मा सिरी या  युभेन्टसबाट । पोर्चुगलका लागि २०१६ मा युरोकप उपाधि । क्लब र देशका लागि कुल २१ उपाधि   । यो उपाधि उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड, युभेन्टस र पोर्चुगलबाट जितेका हुन् । च्याम्पियन्स लिगका उच्च गोलकर्ता । उनले १ सय ७६ खेल खेल्दै १ सय ३४ गोल गरेका छन् । 

ताजा खबर