आमाको हातबाट मञ्जुको उपन्यास सार्वजनिक

२०७८ भदौ १५ मंगलबार १३:१६:०० मा प्रकाशित

काठमाडौं । साहित्कार मञ्जु विमलीको तेस्रो कृति उपन्यास 'अतृप्ति' आज एकानब्बे वर्षीय आफ्नै आमा राममाया विमलीको हातबाट काठमाडौंको कपन आकाशे धारास्थित आफ्नै घरमा फेसबुक लाइभ गरि लोकार्पण गरियो । कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटी, परिवारका सदस्यहरू र साहित्यकार कृष्ण धराबासीको उपस्थिति थियो । 

१७६ पृष्ठको उक्त उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको, मानिस कमजोरी सहितको हुनेहुनाले त्यसलाई उसकै अवस्थामा हेरिएको विचार लेखक मञ्जु बिमलीले चर्चा गरिन् । प्रकाशक चन्द्र शिवाकोटी, आमा राममाया बिमली र साहित्यकार कृष्ण धरावासीले आफ्ना विचारहरू राखेका थिए ।

विमलीका यसअघि दुई कृति 'दुई थोपा आँसु' (कविता संग्रह) र 'खीर' (संस्मरण) प्रकाशित भइसकेका छन् ।

ताजा खबर