मण्डलामा अब डिग्री माइलाको ‘मसानटार’  

२०७४ मङ्सिर २० बुधबार ०८:१३:०० मा प्रकाशित

काठमाडौं, २० मंसीर । पुर्वी नेपालको विकट पहाडी  क्षेत्रको एउटा काल्पनिक गाउँको कथा हो ‘मसानटार’   । भुतप्रेत आत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति र त्यसको भोगाइहरु नाटकमा देखाइएको छ ।  तर यस्तो भुतप्रेत आत्माको आतंकमा गाउँमा नै बस्न रुचाउने एउटा आँटिलो युवक रुपकको कथा नाटकमा बुनिएको छ ।

बुवाआमाको मृत्यु पश्चात रुपक शहरबाट गाउँ फर्किन्छ । उसलाई बुवाको गाउँमा स्कुल खोल्ने सपना पुरा गर्नुछ र साथै बुबा आमाबाट टुहुरी बनेकी बहिनीको पनि हेरचाह गर्नुछ । गाउँमा रुपकलाई यी सबै कुरा केही सजिलो हुदैन ।  गाउँमा मान्छेहरु केहि भएर कुनै दुर्घटना या मृत्यु भोग्नु प¥यो भने सबैले मसान कै दोष दिन्छन् ।

गाउँलेहरुले नाना थरिका मसान, प्रेतआत्मा र भुतको कथा सुनाएर रुपकको मनमा भुतप्रेतको विउ रोप्न खोज्छन् । तर उ भुत प्रेतमा खासै विस्वास गर्दैन । 
गाउँमा अनेकन कुराहरु चल्छन् कहिले धामी हराएर भुतप्रेतहरु चल्बलाउन थालेको त कहिले गाउँलेले रुपक भीरबाट खस्दा उसले भुत देखेको । यीनै अन्धबिश्वासको मिश्रण हो नाटक मसानघर । एउटा धामीले कसरी गाउँलेको मनमा भुतको भान गराएको छ र कसरी उनीहरको  विश्वास माथि कव्जा गर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ ।

यो गाउँ विकट हो तर मसानटार होइन । यहाँ सेवा सुविधा नपुगेर गाउँका मान्छेहरु बाहिरीएका हुन । यहाँ भिरबाट खसेर लड्यो भने मसानलाई दोष दिइन्छ । औषधि खान नपाएर झाडा पखाला लागेर मृत्यु भने  पनि मसानलाई दोष दिइन्छ । अब हामीलाई  हाम्रो विस्वास परिवर्तनको खाँचो छ । विकासको खाँचो छ । यीनै कुराहरुलाई नाटकमा देखाउन खोजिएको छ ।

मसानटार अन्धविस्वास  र आधुनिक सोच विचको लडाई भएको बताउँछन् निर्देशक प्रदिप कुमार चौधरी । उनी भन्छन्, ‘यो यथास्थीतीवादी र प्रगतिवादी विचको द्धन्द हो’ । नाटकको पात्र र घटनाहरु विम्बात्मक प्रयोग मात्र भएको निर्देशक चौधरीले बताए ।  मसानटार मेरो देशको वर्तमान प्रतिविम्ब हो, उनले भने ।

किरण श्रेष्ठ, सुदिप खतिवडा, प्रत्रिका धिमीरे, आयान खड्का, कविता धौबडेल, मिलन कार्की, बिक्रम श्रेष्ठ, सागर दाहाल, सन्देश शाक्य, कुन्दन चौधरी र पुष्कर जंग कार्कीको अभिनय रहेको नाटकको लेखन तथा निर्देशन प्रदिप कुमार चौधरीले गरेका हुन ।

नाटक यही मंसीर २४ गतेबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ ।   

                      

ताजा खबर