एक दशकमा खेलाडी किनबेचमा ४८.५ बिलियन डलर खर्च

२०७८ भदौ १५ मंगलबार १०:३१:०० मा प्रकाशित

अन्तर्राष्ट्रिय ट्रान्सफर बजार (खेलाडी किनबेच ) मा पछिल्लो एक दशकमा ४८.५ बिलियन अमेरिकी डलर खर्च भएको अध्ययनले देखाएको छ ।  विश्व फुटवलको सर्वोच्च निकाय फिफाले पछिल्लो एक दशकमा पुरुष खेलका लागि भएको अन्तर्राष्ट्रिय ट्रान्सफरको अध्ययन गरेर ९८ पृष्ठको रिपोर्ट सार्वजनिक गरेको हो ।

सन् २०११ देखी २०२० सम्मको अवधिमा ट्रान्सफरमा खर्च भएको रकममा उल्लेख्य बृद्धि भएको रिपोर्टले देखाएको छ । खर्च गर्नेमा इङ्लिस क्लब अग्रस्थानमा  देखिएका छन् ।
सन् २०११ मा ११ हजार ८ सय ९० खेलाडीको ट्रान्सफर भएको थियो । २०२० मा आइपुग्दा ट्रान्सफर र लोनमा गरेर खेलाडीको संख्या  १ लाख ३३ हजार २ सय २५ पुगेको छ । सवैभन्दा बढी २०१९ मा १८ हजार ७ सय ८९ खेलाडीको ट्रान्सफसर भएको थियो ।

फिफाले आफ्ना २ सय सदस्य राष्ट्रमा गरेको अध्ययनमा ६६ हजार ७ सय ८९ खेलाडी र ८ हजार २ सय ६४ क्लब ट्रान्सफरमा संलग्न छन् । विश्व अर्थतन्त्रमा फुटवलको भूमिका पनि महत्वपूर्ण देखिएको छ । यो बीचमा ट्रान्सफर हुनेमा सवैभन्दा बढी ब्राजिलियन खेलाडी छन्  । १५ हजार १ सय २८ ब्राजिलियन खेलाडीका लागि ७.०७० बिलियन डलर खर्च गरिएको छ । त्यसपछि अर्जेन्टिनाका ७ हजार ४४४, बेदायतका ५ हजार ५,५२३, फ्रान्सका ५०२७ र कोलम्बियाका ४,२८७ फुटवलर छन् ।

ट्रान्सफरमा प्रसा खर्च गर्नेमा युरोपियन क्लब अग्रस्थानमा  छन् । २०११ यता ट्रान्सफर रकममा ३० प्रतिशतले बृदि भएको रिपोर्टमा उल्लेख गरिएको छ । धेरै रकम खर्च गर्ने शीर्ष ३० मा युरोपियन क्लब छन् । जसमा इङ्ल्यान्डका १२, स्पेन र इटालीका ५–५,  जर्मनी ३, फ्रान्स र पोर्चुगल २–२ तथा रुसको एक क्लब छन् । यी ३० क्लबले २२.८ बिलियन डलर खर्च गरेका छन् । जुन विश्व बजारको ४७ प्रतिशत हो ।

यसमा पनि  प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी सुचीको शीर्ष स्थानमा छ भने चेल्सी दोस्रो स्थानमा छ । त्यसपछि बार्सीलोना, पेरिस सेन्ट जर्मेन पिएसजी र रियाल मड्रिड छन् । इङलिस क्लबले १२.४ बिलियन डलर ट्रान्सफरमा खर्च गरेका छन् ।  एक दशकमा ३.५ बिलियन डलर एजेन्ट शुल्क तिरिएको छ । एजेन्टको शुल्कमा एक दशमा ६९.१  प्रतिशतले बृद्धि भएको हो ।  ट्रान्सफरबाट सवैभन्दा बढी बेन्फिकाले  रकम प्राप्त गरेको छ । 
 

ताजा खबर