टोटेनहमद्वारा वाटफार्ड एक शून्यले पराजित

२०७८ भदौ १४ सोमबार १८:३४:०० मा प्रकाशित

सन हिउङ मिनले प्रिमियर लिगमा २ सय खेल पूरा गरेको खेलमा टोटेनहमले वाटफार्डलाई १–० गोलले पराजित गरेको छ । टोटेनहमले सनकै गोलमा जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा सनले ४२ औं मिनेटमा गोल गरेका थिए ।

सोही गोल टोटेनहमको जितमा पर्याप्त बन्यो । जारी लिगमा अपराजित रहँदै तीन खेलमा शतप्रतिशत नतिजा निकालेको टोटेनहम ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । नुनो एस्पिरितो प्रिमियर लिगमा सुरुवाती तीनै खेलमा जित हात पार्ने  टोटेनहमका केवल दोस्रो प्रशिक्षक हुन् । यसअघि सन १९४९ मा अर्थर रोले तीन खेलमा जित निकालेका  थिए ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले उल्भसलाइ एक शून्य गोलले हरायो । क्रिस्टियानो रोनाल्डो पुनः क्लब आउने निश्चित भएपछिको युनाइटेडको यो पहिलो खेल हो  । युनाइटेड समर्थकले उल्भ्स विरुद्धको खेलमा रोनाल्डोको नाम लिएका थिए । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ८० औं मिनेटमा मेसोन ग्रिनउडले एक मात्र गोल गरेका थिए ।  
 

ताजा खबर