कांग्रेसको २९ वडा सचिब उम्मेदवारमा घिमिरे 

२०७८ भदौ १४ सोमबार १३:४०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले जुझारु युवा नेता चन्द्रप्रसाद घिमिरेलाई काठमाडौं महानगरको वडा नम्बर २९ वडा समितिको सचिबमा उम्मेदवार बनाएको छ । आगामी १४ औं महाधिवेशनको कार्यतालिका अनुसार यही भदौ १८ मा वडा तहको कार्यसमितिको निर्वाचन हुन लागेको हो ।

नेपाल ट्रेड युनियन कांग्रेसमा २०४७ सालदेखि आवध्द रहेका सचिबका उम्मेदवार घिमिरेले नेपाल विद्युत प्राधिकरण कर्मचारी संघमा राष्ट्रिय महासचिबमा ९ वर्ष र ६ वर्ष उपाध्यक्ष पदमा रही जिम्मेवारी सम्हालिसकेका छन् । यतिबेला उनी घट्टेकुलो बिकास समाजको महासचिब छन् ।

घिमिरेले नेपाली कांग्रेस झापा काठमाडौं सम्पर्क समितिमा महासचिब, नेपाल वातावरण तथा सरसफाई श्रमिक संघमा महासचिब र अन्य विभिन्न सामाजिक संस्थामा समेत रहेर अनुभव सँगालिसकेको उनको प्रचार समितिबाट थाहा भएको छ ।  

एमए बिएल अध्ययन गरेका घिमिरे सफ्टवेयर इञ्जिनियर हुन् ।

स्थानीय र संसदीय निर्वाचनका समयमा नेपाली कांग्रेसको पक्षमा समर्थन जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका घिमिरे युवाहरु माझ लोकप्रिय मानिन्छन् । 

२९ नम्बर वडा काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रमा पर्छ । यहाँबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यसैगरी युवा नेता दिपेन्द्र श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

ताजा खबर