पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

२०७८ भदौ १४ सोमबार १०:३४:०० मा प्रकाशित

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन् ।

हिन्दू धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै सोमबार पाटनको कृष्ण मन्दिरमा पूजा आराधना भएको छ ।

ताजा खबर