कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, २२६० जना संक्रमणमुक्त

२०७८ भदौ १३ आइतबार १६:५७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७५९२२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७१२७१२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७१४ पुगेको छ । क्वारेन्टाइनमा ३४३ जना रहेका छन् भने आइसोलेसनमा ३५७९६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर