इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतको लज्जास्पद हार

२०७८ भदौ १२ शनिबार २१:४५:०० मा प्रकाशित

भारतले इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा लज्जास्पद हार बेहोरेको छ । इङल्यान्डले भारतलाई  इनिङ र ७६ रनले पराजित गरेको हो । योसँगै घरेलु टोली इङ्ल्यान्डले पाँच टेस्टको सिरिज एक एकको बराबरी गर्यो । लिड्समा भएको तेस्रो टेस्टको दोस्रो पारीमा भारत २ सय ७८ रनमानै समेटियो ।

भारतका तर्फबाट चेतेश्वर पुजाराले सर्वाधिक ९१ रन जोडे । इङ्ल्यान्डका अली रोविन्सनले ५ विकेट लिए । भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जुन गलत सावित भयो । पहिलो पारीमा भारत मात्र ७८ रना अल आउट भएको थियो । त्यसपछि इङल्यान्डले ४ सय ३२ रन बनाएर ३ सय ५४ रनको अग्रता बनाएको थियो ।

चौथो दिननै हार  

तेस्रो दिन अविजित रहेका कोहली र पुजाराबाट भारतीय समर्थकले ठूलो आश गरेका थिए । तर दुवै जना चौथो दिनको पहिलो सेसनमानै पवेलियन फर्किए । शतक बनाउनबाट चुकेका पुजाराले ९१ रन बनाए । उनी रोविन्सनको शिकार भएका थिए । पुजाराले तेस्रो विकेटका लागि कोहलीसँग मिलेर ९९ रनको साझेदारी गरेका थिए  । विराट कोहलीले टेस्ट करियरको २६ औं अर्धशतक पुरा गरे । उनले  ५५ रन जोडे । रवीन्द्र जडेजाले ३० रन थपे ।

रिसव पन्त फेरि एक पटक फ्लप भए । उनी मात्र १ रनमा मैदान बाहिरिए । उत्कृष्ट वलिङ गरेका रोविन्सले  जम्मा ६५ रन खर्चिएर ५ विकेट लिए । भारतले ६३ रन जोड्दा पछिल्ला ८ विकेट गुमाएको थियो । इङल्यान्डको जीता कप्तान जो रुटले १ सय २१ रनको शतकिय पारी खेलेका थिए । पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्टमा भारत १ सय ५१ रनले विजयी भएको थियो । चौथो टेस्ट बिहीबारबाट सुरु हुनेछ । 
 

ताजा खबर