हरिवंश आचार्यको ‘ए कालु भेना’

२०७८ भदौ १२ शनिबार ०९:५७:०० मा प्रकाशित

वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘ए कालु भेना’ बोलको गीत ल्याएका छन् । गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यको नै शब्द र संगीत छ।

गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ छ । निर्देशक गम्भीर बिष्टले भिडियोलाई आकर्षक बनाएका छन्। हरिवंश आचार्य, नाजिर हुसेन, आंचल शर्मा र आर्यन खरेलले भिडियोमा अभिनय गरेका छन् ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। गज्जब टिभीको प्रस्तुती रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्यूवबाट रिलिज भएको हो।

 

ताजा खबर