युरोपेली संघसँग ग्लोकल २० अन्डर २० को अन्तरकृया 

२०७८ भदौ १२ शनिबार ००:१९:०० मा प्रकाशित

काठमाडौं । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझचिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालकोसातौंसंस्करणमा छानिएका उत्कृष्ट किशोरकिशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला समापन भएको छ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टीन हिरो नेपाल२०२१कोरणनीतिक साझेदारको रूपमा युरोपेली संघ,जोडीएको छ।यसै अन्तर्गत आजकिशोरकिशोरीहरुलेयुरोपेली संघबाट चार्ज डे अफिसर्स स्टेफनमाइकोनसँग अन्तरकृया गर्ने मौका प्राप्त गरेका थिए।

देश बिकास तर्फ उन्मुखकिशोरकिशोरीहरुलाई बधाई दिदै वहाँले युरोपेली संघले नेपालकालागि गरेका कामहरुको बारेमा जानकारी दिए । उनले यूरोप नेपाल सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखेरनेपाल सरकारसँग सहकार्य गरी विभिन्न भूमिकामा कार्यरत गरेको कुरा जानकारी दिए ।  

उनले एसडीजी को २०३० एजेन्डा प्राप्त गर्न को लागि युरोपेली संघ सदैब तत्पर रहेको र यसका लागि युवा शसक्तिकरण आवश्यक रहेको कुरा पनि उल्लेख गरे । उनले सबै किशोरकिशोरीहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न को लागि आफ्नो पक्षबाट योगदान गर्नको लागि आग्रह गरे । त्यसै गरी एक सक्रिय नागरिकको रूपमा जिम्मेवारीहरुलाई पूरा गर्नको लागि आफ्ना जिम्मेवारी पहिचान गरी काम गर्न पनि हौशला प्रदान गरे । 

किशोरकिशोरीबाट आएका प्रश्नको जवाफ दिदै उनले युवाहरु परिवर्तन को एजेन्ट रहेको र युवाहरुको सहभागितालाई बलियो बनाउन को लागि अवाज उठाउन जोड दिए । त्यस्तै नेपालमा शिक्षा क्षेत्रलाई सुदृढ बनाउन युरोपेली संघको भूमिकालाई साझा गर्दै उनले नेपालको आर्थिक विकास, लगायतप्राविधिक र व्यावसायिक शिक्षालाई ग्रामीण विकासमा टेवा पुर्याउने काम गर्दै आएको र सरकारलाई स्कूल क्षेत्र विकास योजनामा सुधार गर्नका लागी सहयोग गरिरहेको कुरा पनि विश्लेशन गरे । 
 

ताजा खबर