नेपाली क्रिकेट टोलीका प्रशिक्षक ह्वाटमोरद्वारा राजीनामा

२०७८ भदौ ११ शुक्रबार २१:०७:०० मा प्रकाशित

काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । प्रशिक्षक ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान) लाई शुक्रबार इमेलमा आफ्नो राजीनामा पठाएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ह्वाटमोरले व्यक्तिगत कारण राजीनामा दिएको जानकारी दिएका छन् ।
राजीनामा पत्रमा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका छन् । ६७ वर्षे ह्वाटमोर जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए ।

उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो । नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहने छ । पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग २ का खेलहरु खेल्दै छ ।

ताजा खबर