ट्राफिक प्रहरीद्वारा चोरी भएका २४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित व्यक्तिलाई जिम्मा

२०७८ भदौ ११ शुक्रबार १४:५८:०० मा प्रकाशित

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन् ।

महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका, पुतलीसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बुढानिलकण्ठ लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी शुक्रबार सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

त्यसक्रममा एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकल बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए । रोहन शर्मा, प्रदीप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिनबहादुर लामा, भरत कुमार पोखरेल, कृष्णगरि बिष्ट, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिला बहादुर आले, हरिभक्त शाही, भाईराजा कार्की, सुसिला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलन कुमार जोशी, राजिभ अर्याल, राजेन्द्र के.सी., किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको मोटरसाइकल महाशाखाको पीडित सहायता इकाईबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोजतलास गरेको हो ।

ताजा खबर