बार्सीलोनाकी पुटेलास महिलातर्फ युएफा उत्कृष्ट वर्ष खेलाडी घोषित

२०७८ भदौ ११ शुक्रबार १०:४६:०० मा प्रकाशित

बार्सीलोनाकी आलेक्सिया पुटेलास, महिलातर्फ युएफा उत्कृष्ट वर्ष खेलाडी बनेकी छिन्  । च्याम्पियन्स लिगकै ड्र कार्यक्रममा महिला तर्फको पनि अवार्ड घोषणा गरिएको थियो । स्पेनिस मिडफिल्डर आलेक्सियाले पहिलो पटक युएफा वर्ष खेलाडीको अवार्ड हात पारेकी हुन् ।

उनको कप्तानीमा बार्साले गत सिजन च्याम्पियन्स लिगको  उपाधि जितेको थियो । उनले ५० अंक प्राप्त गरेकी थिइन् । उनकै क्लब मेट स्पेनिस स्ट्राइकर जेनिफर हरमोसो र बार्साकै डच खेलाडी लेक मार्टेन्स  मनोनयनमा रहेका थिए । जेनिफरले ४२ अंक सहित दोस्रो र लेक ४० अंकका साथ तेस्रो स्थानमा रहिन् ।

बार्सा महिला तर्फको अवार्डमा क्लिन स्विप नजिक पुगेको थियो । आलेक्सिया उत्कृष्ट मिडफिल्डर पनि बनिन् । बार्साकैसान्द्रा पानोस उत्ृकष्ट गोलकिपर र जेनिफर उत्कृष्ट स्ट्राइकर चुनिए । उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि बार्साकै लुइस कोर्टेले जिते । पेरिस सेन्ट जर्मेन पिएसकी इरेने परेडेस उत्कृष्ट डिफेन्डर बनिन् ।  
 

ताजा खबर