होबर्ट हरिकेन्सद्वारा सन्दीपसँग सम्झौता नवीकरण

२०७८ भदौ १० बिहीबार १९:५६:०० मा प्रकाशित

काठमाडौं । अस्ट्रेलियन लिग बिग बास टोली होबर्ट हरिकेन्सले नेपाली युवा स्पिनर सन्दीप लामिछानेको सम्झौता नवीकरण गरेको छ । योसँगै राष्ट्रिय टिमका खेलाडी सन्दीपले एघारौ संस्करणको बिग बास हरिकेन्सबाट खेल्नेछन् । यो सिजन सन्दीपले कोभिडका कारण विभिन्न विदेशी फ्रेन्चाइजी लिग गुमाएका थिए ।

गत सिजन उनले हरिकेन्सका लागि ८ खेलमा आठ विकेट लिएका थिए । २४ रन खर्चिएर २ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन थियो । सम्झौता नवीकरण पछि सन्दीपले गत सिजन हरिकेन्सबाट खेल्दा आनन्द लिएको भन्दै यो पटक पनि उत्साही रहेको प्रतिकृया दिएका छन् ।

यो सिजनका लागि हरिकेन्सले सझौता गरेको सन्दीप पहिलो विदेशी खेलाडी हुन्   । बिग बासमा सन्दीपको यो चौथो  सिजन हो । यसअघि उनले दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । सन्दीप अहिले राष्ट्रिय टिका साथ ओमानमा छन् ।

नेपालले  विश्वकप लिग टु अन्तर्गत ओमान र अमेरिका सम्मिलत त्रिकोणात्मक सिरिज खेल्दैछ् । सिरिज भदौ २८ गतेदेखि सुरु हुनेछ । त्यसअघि भदौ २० र २३ गते पपुवा न्युगिनसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छ ।
 

ताजा खबर