राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण दोहामा हुने

२०७८ भदौ १० बिहीबार १९:५२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटवल टिमले  साफ च्याम्पियनसिपको  अन्तिम तयारी कतारमा गर्ने भएको छ  । अखिल नेपाल फुटवल संघ एन्फाले बिहीबार कतारको दोहामा बन्द प्रशिक्षण राखिने जानकारी दिएको हो । एन्फाका अनुसार टिम दश सेप्टेम्बर अर्थात् भदौ २५ मा कतार जानेछ ।

अहिले नेपाली टोली पोखरामा अभ्यास गरिरहेको छ । साफ च्यामिपयनसिप असोज १५ गते बाट माल्दिभ्समा सुरु हुनेछ । नेपाली टिम दोहाबाट सिधै माल्दिभ्स जाने तालिका रहेको छ । साफका लागि अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेका २५ खेलाडी कतार जानेछन् ।

नेपालले पहिलो खेल असोज १५ गते  माल्दिभ्ससँग खेल्नेछ ।  त्यसअघि नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० गते हुनेछ । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यमा । 

ताजा खबर