कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु, १७८१ जना संक्रमणमुक्त

२०७८ भदौ ९ बुधबार १६:४०:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १८६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९७११ जनाको परीक्षण गर्दा १८६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ५५७९ जनाको परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७८१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ७४५ जना संक्रमित थपिएका छन् । २० जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ३९६ छन् भने आइसोलेसनमा ३८२८७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर