डेनमार्क राष्टिय फुटबल टिमका कप्तान साइमोन केर र मेडिकल टिमलाई  युएफा प्रेसिडेन्ट अवार्ड

२०७८ भदौ ९ बुधबार १३:२९:०० मा प्रकाशित

क्रिस्टियन एरिक्सनको ज्याज बचाउन महत्वपूर्ण भूमिका निभाएका डेनमार्क राष्टिय फुटबल टिमका कप्तान साइमोन केर र मेडिकल टिमलाई  युएफा प्रेसिडेन्ट अवार्ड प्रदान गरिएको छ ।

युरोकपअन्तर्गत फिनल्यान्ड विरुद्धको खेलमा डेनमार्कका एरिक्सन मुटुमा समस्या आएपछि मैदानमानै अचेत भएर ढलेका थिए । मैदानमा प्राथमिक उपचारपछि अस्पताल लगिएका एरिक्सनलाई कार्डियाक अरेस्ट भएको चिकित्सकले बताएका थिए  । शल्यक्रियापछि एरिक्सन स्वस्थ भइसकेका छन् ।

गत १२ जुनमा कोपेनहेगनमा भएको सो घटनामा २९ वर्षीय एरिक्सनको उपचारका क्रममा साइमोनले नेतृत्वदायी भूमिका निभाएका थिए । समयमानै मेडिकल टिम  मैदान पुगेपछि एरिक्सनले छिटो उपचार पाएका थिए । युएफाले साइमोन सहित १२ जनालाई प्रसिडेन्ड अवार्ड प्रदान गरेको हो । एरिक्सनले अवार्ड विजेता सवैलाई बधाइ दिँदै आफ्नो ज्यान बचाएकोमा आभार प्रकट गरेका छन् । एरिक्सनको मैदानमा सिपिआर विधिबाट उपचार गरिएको थियो । 

ताजा खबर