गौरिकालाई कोरोना  संक्रमण

२०७८ भदौ ८ मंगलबार २१:५५:०० मा प्रकाशित

काठमाडौं । पौडी खेलाडी गौरिका सिंहलाई कोरोना भाइरस संक्रमण भएको छ । ओलम्पियन गौरिकाले इन्स्टाग्राममार्फत आफूलाई कोभिड पोजेटिभ देखिएको जानकारी दिएकी हुन्  । लन्डनमा बस्दै आएकी गौरिकाले भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि परीक्षण गरेको र नतिजा पोजेटिभ आएको बताएकी छिन् । उनले आफूमा कुनै लक्षण नभएको पनि उल्लेख गरेकी छिन् । गौरिकाले टोकियो ओलम्पिकमा सहभागिता जनाउनु अघि दुवै डोज खोप लगाएकी थिइन् ।

 दश दिन आइसालेनसमा बस्ने बताउँदै गौरिकाले अनिवार्य मास्क लगाउन आग्रह गरेकी छिन् ।  गौरिकाले यसै महिना सम्पन्न टोकियो ओलम्पिकमा पौडीतर्फ नेपालको प्रतिनिधित्व गरेको थिइन् । एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन् । १३ औं दक्षिण एशियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण जितेकी गौरिका उच्च शिक्षाका लागि अमेरिका जाने तयारीमा छिन् । 


 

ताजा खबर