कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, २०८६ जना संक्रमणमुक्त

२०७८ भदौ ८ मंगलबार १७:१५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २०२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७५१००१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७०२१८३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५६८ पुगेको छ । क्वारेन्टाइनमा ३९५ जना रहेका छन् भने आइसोलेसनमा ३८२५० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर