संसद पुनःस्थापनालाई दूर्भाग्य भन्ने र ऐतिहासिक उपलब्धि ठान्नेका बीचको मिलनविन्दु कसरी हुन्छ ?

२०७८ भदौ ८ मंगलबार १०:५५:०० मा प्रकाशित

डा.खिमलाल देवकोटा ।
नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनालाई दूर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधिसभा पुनःस्थापनालाई महान् र ऐतिहासिक भनेका छन् । प्रतिनिधिसभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरुको थियो/छ । 
अब प्रतिनिधिसभा पुनःस्थापनालाई दूर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरीत ध्रुवका यी दुई धार सँगसँगै जानसक्लान्  ? 
निश्चित छ । सक्दैनन् । ऐतिहासिक उपलव्धि ठान्नेले ऐतिहासिक भूल भयो भन्नैपर्दछ । 

असहमतिका अरु पनि प्रशस्तै मुद्धाहरु छन् । पहिला विचारमा सहमति/एकरुपता नभएसम्म भागवण्डामा रमाउनु÷मिलाउनु को कुनै अर्थ छैन । घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अब दास बन्नुको बिकल्प छैन । मैले देख्दिन । सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्व जस्तो संविधानको भावना विपरीतको निरंकुशतातर्फ उन्मुख हुने निर्णयलेनै सन्देश दिइसकेको छ । अब तिमीहरु सबै मेरै वरिपरी घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो ।

देवकोटाको फेसबुकबाट


 

ताजा खबर