त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

२०७८ भदौ ८ मंगलबार १०:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गरेको छ । नेपालले  विश्वकप लिग टु अन्तर्गत ओमान र अमेरिका सम्मिलत त्रिकोणात्मक सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानले भुर्चअल रुपमा खेलाडीलाई विदाइ गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल लगायतले खेलाडीलाई जितको शुभकामना दिए । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोली ,  प्रशिक्षक डेभ ह्वाटमोर, ब्यबस्थापक मोहम्मद साउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशीभाइ गोहित ओमान गएका हुन् ।

नेपालमा मौसमका कारण राम्रो तयारी नभएपछि टिम अलि छिटो ओमान गएको हो । त्रिकोणात्मक सिरिज अघि नेपालले ओमानमानै पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ ।  पपुपा न्युगिनीसँग भदौ २० र २३ गते खेल्ने तालिका छ ।   सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ । नेपालले ओमान र  अमेरिका सँगै खेल्दै लिग टु मा डेब्यु गरेको थियो । घरेलु मैदानमा भएका चार खेलमा नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो ।

अमेरिकालाई दुवै खेलमा पराजित गरेको नेपालले ओमान सँग हार बेहोरेको थियो । ओमान लिग टु तालिकाको शीर्ष  र अमेरिका दोस्रो स्थानमा छ । ओमानको दश खेलाट १६ र अमेरिकाको १२ खेलबाट १२ अंक ५ । चार खेलबाट चार अंक जोडेको नेपाल छैटौ स्थानमा छ ।

सन् २०२३ मा हुने एकदिसीय विश्वकप छनोटमा पुग्नका लागि लिग टु लाई आधार बनाइएको छ । नेपाल अवे खेलमा शत प्रतिशत अंक जोड्ने लक्ष्यमा छ । १७ वर्षीय तीव्र गतिका वलर गुल्शन झाले पहिलो पटक  राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

शरद भेषावकर, रोहित पौडेल, पवन सरार्फले टिममा पुनरागमन गरे । नेपाल  डेढ वर्षपछि एकदिवशीय खेलमा फर्किएको हो  । यस्तै पारस खड्का विना नेपाल पहिलो अन्तर्राष्ट्रिय टुर गर्दैछ । पूर्वकप्तान पारसले तीन साता अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याषको घोषणा गरेका थिए । प्रशिक्षक ह्वाटमोरले टिमको नेतृत्व सम्हालेपछि नेपाल पहिलो लिग टु का खेल खेल्दैछ । 
 

ताजा खबर