इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटी पराजित

२०७८ भदौ ८ मंगलबार १०:३६:०० मा प्रकाशित

इङ्लिस प्रिमियर लिगमा वेस्टह्यामले लेस्टर सिटीलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । दश खेलाडीमा समेटिएको लेस्टरविरुद्ध मिकेल एन्टोनियोले दुई गोल गरे । लन्डन स्टेडियममा भएको खेलमा वेस्टह्यामले पाब्लो फोरलन्सको गोलमार्फत अग्रता लिएको थियो ।  

४० औं मिनेटमा आजोसे पेरेजले रातो कार्ड पाएपछि  लेस्टर दश खेलाडीमा समेटियो ।  उनले फोरनल्सलाई फाउल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्रिको प्रयोगबाट  सिधै रातो कार्ड पाएका हुन् ।   स्पेनिस खेलाडी पेरेजको इङलिस फुटवलमा यो पहिलो रातो कार्ड हो  ।  

अहिलेसम्म २ सय ७४ खेल खेलेका छन् ।  ५६ औं मिनेटमा साइड बेनराहमाले अग्रता दोब्बर पारे । उनका लागि  मिकेल एन्टोनियोको पास उपलब्ध गराएका थिए । ६९ औं मिनेटमा युरी टिलेमन्सले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ८० र ८४ औं मिनेटमा  एनेनियोले गोल गरेपछि वेस्टह्याम चार एकको फराकिलो जित हात पार्न सफल भयो ।  

एन्टोनियोको क्लबका लागि प्रिमियर लिगमा यो ४९ औं गोल हो । यो सँगै उनी प्रिमियर लिगमा क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । प्रिमियर लिगका इतिहासमा  वेस्ह्यामले सिजनको सुरुवातमा लगातार दुई खेलमा जित हात पारेको यो केवल दोस्रो पटक हो  । दुई खेलबाट ६ अंक जोडेको वेस्टह्याम तालिकाको शीर्ष स्थानमा छ ।
 

ताजा खबर