टोकियो पारा ओलम्पिकको उद्घाटन आज 

२०७८ भदौ ८ मंगलबार १०:३३:०० मा प्रकाशित

टोकियो पारा ओलम्पिक औपचारिक रुपमा आजबाट सुरु हुँदैछ । खेलहरु गत बुधबारबाटनै सुरु भएपनि उद्घाटन समारोह आज गरिदैछ । पारा ओलम्पिकको यो १६ औं संस्करण हो । गत वर्षनै हुनुपर्ने प्रतियोगिता कोरोना भाइरस महामारीका कारण एकवर्ष ढिलो सुरु भएको हो ।

कोरोनाकै कारण गत संस्करण भन्दा यो पटकको पाराओलम्पिक फरक हुनेछ । सानो समूहमा स्कुलका विद्यार्थी बाहेक अन्य दर्शकलाई खेल स्थलमा प्रवेश निषेध गरिएको छ । जापानी समाजलाई अझ बढी समावेशी बनाउन यो पारा ओलम्पिकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

टोकियो दुई पाराओलम्पिक आयोजना गर्ने पहिलो सहर हो  । यसअघि सन् १९६४ को टोकियो पारा ओलम्पिकमा २१ राष्ट्रका ३ सय ७५ एथ्लिटले नौ खेलमा प्रतिस्पर्धा गरेका थिए । यस पटक शरणार्थी टिमसहित १ सय ६२ देशको सहभागिता छ । ४ हजार ४४ एथ्लिटले २२ खेलका ५ सय ३९ पदक इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् ।

सन् २०१६ को रियो ओलम्पिकमा १ सय ५९ देशले भाग लिएका थिए । अहिलेसम्म सवैभन्दा बढी २०१२ को लन्डन ओलम्पिकमा १ सय ६४ देशको सहभागिता थियो । टोकियो पाराओलम्पिकमा २१ देशले सहभागिता जनाएनन् ।

जसमा अफगानिस्तान पनि समावेश छ । तालिवानले सत्ता लिएपछि अफगानिस्तान जापान जान असमर्थ भएको हो  । अफगानिस्तानका  दुई खेलाडीले भाग लिने तालिका थियो । अफगानिस्तानका एक नागरिकले शरणार्थी टिमबाट प्रतिस्पर्धा गर्दैछन् ।

खेलाडीले भाग  लिन नपाएपनि उद्घाटन समारोहमा अफागनास्तिानको झन्डा समावेश गरिने भएको छ । एकताका लागि अफगानिस्तानको झन्डा राखिन लागिएको अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले जनाएको छ ।  भाइरस संक्रमण फैलिन नदिन टोकियोमा आपतकाल लागू गरिएको छ । नेपाल बाट तेक्वान्दोकी पलेशा गोवर्धनले भाग लिएकी छिन् । भुटान, ग्रनाडा, पाराग्वे, सेन्ट भिन्सेन्ट र  मादिभ्स गरी पाँच देशले पारा ओलम्पिकमा डेब्यु गरेका छन् ।  
 

ताजा खबर