रहेनन् शशी उर्फ बलबीर राज कपुर

२०७४ मङ्सिर १८ सोमबार २१:२०:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत उनको सोमबार साँझ निधन भएको हो ।  केही हप्तादेखि घाटिमा समस्या देखिएपछि आइतवार साँझ उनलाई अस्पतालमा  भर्ना गरिएको थियो । १ सय ४८ हिन्दी र १२ अँग्रेजी गरेर १ सय ६० फिल्ममा अभिनय गरेका  उनी ६० र ७० को दशकमा एकदमै चर्चामा रहेका कलाकार थिए।

रंगमन्चबाट कलाकारिता सुरु गरेका कपुरले सन् १९४४ देखिनै पिता पृथ्वीराज कपुरका साथ अभिनय सुरु गरेका थिए । श्रीमती जेनिफर केन्डलको क्यान्सरका कारण सन् १९८४ मै निधन भएपछि उनी एक्लो जीवन बिताइरहेका  थिए । शशी कपुरको एक छोरी संजना र दुइ छोरा कुणाल र करण छन्। शशीले पत्नीसँग मिलेर सन् १९७८ मा पृथ्वी थिएटर स्थापना गरेका थिए। कुनै समय यो थिएटर मुम्बइमा अत्यन्त प्रसिद्ध थियो। 

सन् १९६१ मा ‘धर्मपुत्र’ बाट फिल्मी नायक बनेका शशी कपुरले त्यसबेला नै आफनो अभिनयले सबैलाइ रुझाएका थिए ।  उनले सन् १९४८ मा वाल कलाकारको रुपमा  दाजु राज कपुरले बनाएको ‘आग’ भन्ने फिल्ममा  काम गर्ने मौका पाएका थिए ।  

१९६५  ‘जब जब फूल खिले’, ‘वक्त’, १९७१  ‘शर्मिली’, १९७५  ‘दिवार’, १९७६  ‘कभी कभी’, १९७८  ‘सत्यम शिवम् सुन्दरम्’, ‘जुनुन’ ‘त्रिशुल’, १९७९ ‘सुहाग’ ‘प्यारका मौसम’, १९८१ ‘कलियुग’, १९८२  ‘नमक हलाल’, १९८६  ‘न्यू दिल्ली टाइम्स’ जस्ता   उनले चर्चा बटुलेका फिल्म थिए ।  शशी कपुरले केहि अंग्रेजी सिनेमामा पनि अभिनय गरेका थिए।

छ वर्षअघि पद्मभूषण र दुइ वर्षअघि आफ्ना पिता पृथ्वीराज र ठूला दाइ राज कपुरले जस्तै ‘दादा साहेब फालके’ सम्मान प्राप्त गरेका शशीको रियल नाम बलबीर राज कपुर थियो । उनलाई सबैले मायाले शशी भनेर बोलाउने गर्थे ।  एजेन्सीको सहयोगमा 

ताजा खबर