युभेन्टस उडिनेससँग बराबरीमा

२०७८ भदौ ७ सोमबार १०:०९:०० मा प्रकाशित

इटालियन लिग सिरी या मा युभेन्टस उडिनेस सँग २–२ गोलको बराबरीमा रोकिएको छ । क्रिस्टियानो रोनाल्डोलाई  प्रशिक्षक मासिमिलियानो  एलेग्रीले  सुरुवाती एघारमा समावेश गरेका थिएनन् । रोनाल्डोले युभेन्टस छोड्ने समाचार बाहिर आइरहेका छन् ।

युभेन्टसले सुरुवातमै दुई शून्यको अग्रता लिएपनि जोगाउन सकेन । एडिनेसको मैदानमा भएको खेलमा युभेन्टसले तेस्रो मिनेटमानै अग्रता लिएको थियो । उसका लागि पाब्लो डिबालाले गोल गरेका थिए । २३ औं मिनेटमा हुवाओ क्वाडार्डोले गोल गरेपछि युभेन्टस पहिलो हाफमा दुई शून्यले अघि रहेको थियो ।

दोस्रो हाफमा उडिनेसले उत्कृष्ट पुनरागमन गर्यो । ५१ औं मिनेटमा रोबर्टो परेराले पेनाल्टीमा गोल गर्दै उडिनेसलाई खेलमा फर्काएका थिए । ८३ औं मिनेटमा जेरार्ड डिएफेउले गोल गर्दै खेल बराबरीमा ल्याएका  थिए । सुरुवातमा उनको गोलले मान्यता पाएको थिएन  ।

भिडियो एसिस्टेन्ट रेफ्रिको प्रयोगबाट गोलले मान्यता पाएको हो । इन्जुरी समयमा सब्सिच्युट रोनाल्डोले हेडर गोल गरेका  थिए  । उनले गोलको खुसीयाली समेत मनाइसकेका थिए  । तर निकै लामो समयसम्मका भारको प्रयोगले रोनाल्डोको गोल अफसाइड घोषित भएपछि युभेन्टस तीन अंक जोड्नबाट बञ्चित भयो । रोनाल्डो ६० औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए  
 

ताजा खबर