बारामा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

२०७८ भदौ ६ आइतबार १७:३४:०० मा प्रकाशित

बारा । बारामा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल गएराति एकापसमा ठोकिँदा नुवाकोटको घुङताङ– ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ताजा खबर