म्यानचेस्टरद्वारा नोरिच सिटीमाथि पाँच शून्यको फराकिलो जित

२०७८ भदौ ६ आइतबार १२:४२:०० मा प्रकाशित

साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा नोरिच सिटी माथि ५–० गोलको फराकिलो जित हात पारेको छ ।  पहिलो खेलमा टोटेनहम सँग हारेको सिटीले, नोरिच विरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्यो । घरेलु मैदान इत्तिहादमा भएको खेलमा सिटीले सातौं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो ।

नोरिचका टिम क्रलले आफ्नै पोस्टमा गोल गरेका थिए । २२ औं मिनेटमा ज्याक ग्रिलिसले अग्रता दोब्बर बनाए । यसै सिजन सिटी गएका ग्रिलिसको यो  पहिलो गोल हो । उनका लागि गाब्रिएल जेजुसले पास उपलब्ध गराएका थिए । गत जनवरी यता ग्रिलिसले गरेको यो पहिलो गोल हो ।

पहिलो हाफमा दुइ शून्यले अघि रहेको पेप ग्वार्डिवालाको टोली सिटीले दोस्रो हाफमा तीन गोल थप्यो । ६४ औं मिनेटमा एमेरिक लापोर्तले टिमका लागि  तेस्रो गोल गरे । ७१ औं मिनेटमा रहिम स्र्टलिङले जेजुसलेनै पास दिएका थिए । ८४ औं मिनेटमा रियाद महरेजले गोल गरेपछि सिटीले ५–० को फराकिलो जितका साथ तीन अंक बटुल्यो ।

अर्को खेलमा लिभरपुलले बन्र्लीलाई दुई शून्य गोलले हरायो । घरेलु मैदानमा लिभरपुलका  लागि १८ औं मिनेटमा डिएगो जोटा र ६९ औं मिनेटमा साडियो मानेले गोल गरेका थिए । एस्टन भिल्लाले न्युक्याससलाइ २–० र ब्राइटनले वाटफोर्डलाई २–० गोललेनै पराजित गर्यो । लिड्स र एभर्टनले २–२ तथा क्रिस्टल प्यालेस र ब्रेन्टफर्डले गोल रहित बराबरी खेले । 
 

ताजा खबर