ला लिगामा बार्सिलोना एट्लेटिकसँग एक-एक गोलको बराबरीमा

२०७८ भदौ ६ आइतबार १२:३७:०० मा प्रकाशित

स्पेनिस लिग ला लिगामा बार्सिलोना एट्लेटिक बिल्बाओसँग एक एक गोलको बराबरी खेलेको छ । बार्सालाइ मेन्फिस डिपायेले हारबाट जोगाएका थिए । बिल्बाओको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा घरेलु टोलीले बार्सा विरुद्ध अग्रता लियो  ।

उसका लागि इनिगो मार्टिनेजले गोल गरेका थिए । लियोनल मेसी गएपछि बार्सीलोना ट्रान्जिसनको समयमा रहेको छ ।  मेसीको अनुपस्थितिमा रोनाल्ड कोमनको टोली नयाँ स्टार खेलाडीको खोजीमा छ ।  सम्भवत क्याटालान क्लबका लागि डिपाये नयाँ नायक बन्न सक्छन् ।

७५ औं मिनेटमा डिपायेले गोल गरेपछि बार्सा हारबाट जोगिएको हो । इन्जुरी समयमा डिफेन्डर एरिक गार्सिया सिधै रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना दश खेलाडीमा समेटिएको थियो । दुवै टिमले तीन अंक जोड्नका लागि बारम्बार प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । बराबरी पछि पनि बार्सा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको दुई खेलबाट ४ अंक छ । जारी लिगमा बिल्बाओको यो पहिलो जित हो । 
 

ताजा खबर