कक्षा ११ को आंशिकमा ३५ दशमलव ५८ प्रतिशत पास
२०७४ मङ्सिर १८ सोमबार १३:०३:००
मा प्रकाशित
काठमाडौं,१८ मंसीर । राष्ट्रिय परीक्षा बोर्डले आज सोमबा कक्षा ११ को आंशिक तर्फको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । तीमध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको थाहा भएको छ ।
नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय रुपैंया तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने बोर्डले जनाएको छ।
गत बर्ष परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी मध्ये आंशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।