कोरोना संक्रमणबाट ३० जनाको मृत्यु, २३८२ जना संक्रमणमुक्त

२०७८ भदौ ५ शनिबार १६:४०:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७४५७३१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६९५९२५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४८५ पुगेको छ । क्वारेन्टाइनमा ४२३ जना रहेका छन् भने आइसोलेसनमा ३९३२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर