ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि १७ सदस्यीय टोली घोषणा

२०७८ भदौ ५ शनिबार १२:१४:०० मा प्रकाशित

काठमाडौं । नेपालले ओमानमा हुने विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी सँगको दुई एकदिवसीय अन्तराष्ट्रियका लागि अन्तिम टोलीको घोषणा गरेको छ ।  नेपाल क्रिकेट संघ क्यानले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

जसमा युवा तीव्र गतिका वलर गुल्शन झाले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । गत फाुगनमा काठमाडौंमा भएको मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गरेपछि १७ वर्षीय गुल्शनको खेलबाट सवै प्रभावित भएका  थिए । नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा चार विकेट लिएका थिए । फाइनलमा पुलिसले एपीएफलाए हराउँदै उपाधि जितेको थियो ।

रोहित पौडेल, शरद भेषावकर, विक्रम शोब र  पवन सरार्फले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । बन्द प्रशिक्षणमा रहेका कमलसिंह ऐरी र साहब आलम  बाहिरिए  । छनौट भएका खेलाडीमा आशिफ शेख, दीपेन्द्र सिहं ऐरी,  सोमपाल कामी, कुशल मल्ल, आरिफ शेख, विनोद भन्डारी, संदिप लामिछाने, कुशल भुर्तेल, अभिनास बोहरा,  करण केसी, र शुसन भारी छन ।  नेपालले भदौ २८ देखी असोज चार गते सम्म  घरेलु टोली ओमान र अमेरिका सम्मिलत हुने त्रिकोणात्मक सिरिज खेल्नेछ । अमेरिका र ओमानसँग नेपालले दुई दुई खेल खेल्नेछ । त्यसअघि भदौ २० र २३ गते पपुवा न्युगिनीसँग दुइ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ  ।  

डेढ वर्ष घरेलु मैदानमा भएको लिगको त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँग दुवै खेलमा हार बेहोरेको थियो । अमेरिकाविरुद्ध भने नेपालले दुवै खेलमा जित हात पार्दै चार अंक बटुलेको थियो । पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि नेपाली टोली पहिलो पटक लिग टु का खेल खेल्दैछ । यस्तै प्रशिक्षक डेभ ह्वाटमोरको पनि नेपाली टिमको नेतृत्व सम्हाले यता पहिलो लिग टु सिरिज हो ।  मौसमका कारण नेपालमा राम्रो तयारी गर्न नपाएको टिम आगामी मंगलबार ओमान प्रस्थान गर्दैछ ।

ताजा खबर