लाइपजिगद्वारा स्टुटगार्ट चार शून्य गोलले पराजित 

२०७८ भदौ ५ शनिबार १०:२०:०० मा प्रकाशित

जर्मन लिग बुन्डेसलिगामा लाइपजिगले जारी सिजन पहिलो जित हात पारेको छ ।  गएराति भएको लिगको आफ्नो पहिलो खेलमा लाइपजिगले स्टुटगार्टलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्यो । लाइपजिगका लागि हंगेरियन मिडफिल्डर डोमिनिक सोबोस्लाइले दुई गोल गरे ।

घरेलु टोली लाइपजिगले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १६ पटक गोलको प्रयास गरेको थियो । उसले ३८ औं मिनेटमा सोबोस्लाइको गोलमार्फत अग्रता लियो । दोस्रो हाफ सुरु भएको केही सेकेन्डमानै लाइपजिगले अग्रता दोब्बर बनायो ।  ४६ औं मिनेटमा  एमिल फोर्सबर्गले गोल गरेका थिए ।  ।

५२ औं मिनेटमा सोबोस्लाइल  व्यक्तिगत दोस्रो गोल गरेपछि लाइपजिगले खेलमा तीन शून्यको दुरी बनायो । ६५ आंै मिनेटमा आन्द्रे सिल्भाले पेनाल्टीमा गोल गर्दै लाइपजिगलाइ चार शून्यको जित दिलाए । यो जितसँगै लिगको पहिलो खेल हारेको लाइपजिग लयमा फर्किएको छ । स्टुटगार्टको  लिगका दुई खेलमा यो पहिलो हार हो । 

ताजा खबर