नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाइकल चलाउने एकजना पक्राउ

२०७८ भदौ ४ शुक्रबार १३:२७:०० मा प्रकाशित

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने एक जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२–०१२ प ७०६६ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकल सवार गरिरहेका बेला नयाँ बसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको  ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका– २, बोदल घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्ने वर्ष २२ को तेज थापा मगर रहेका महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश३–०२– ०१० प ९४४६ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाइकल १० दिन अघिमात्र काठमाडौंको पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका – ३ घर भई हाल मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएका थिए ।

 

ताजा खबर