केभिन, कान्टे र जर्जिन्हो युएफा पुरुष वर्ष खेलाडीको मनोनयनमा

२०७८ भदौ ४ शुक्रबार ११:२७:०० मा प्रकाशित

म्यानचेस्टर सिटीका केभिन डि ब्रुयना, चेल्सीका एंगोलो कान्टे र जर्जिन्हो युएफा पुरुष वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । अवार्डको एघार वर्षको इतिहासमा  शीर्ष तीनमा तीनै जना मिडफिल्डर परेको यो पहिलो पटक हो । तीनै जना खेलाडी युरोकप २०२० मा पनि सहभागी थिए । युरोपियन फुटवल महासंघले गएराती विभिन्न विधाका  शीर्ष तीनमा पर्न सफल अन्तिम मनोनयन सार्वजनिक गरेको हो ।

 केभिन डि ब्रुयना (म्यानचेस्टर सिटी , बेल्जियम )

केभिन डि ब्रुयना गत सिजनका उपविजेता पनि हुन् । बेल्जियन डि ब्रुयनाले म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जित्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सिटी च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग पराजित भएको थियो । फाइनलमा उनको अनुहारमा चोट समेत  लागेको थियो ।

एंगोलो कान्टे  ( फ्रान्स , चेल्सी )

एंगोलो कान्टेले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमीफाइनलमा रियाल मड्रिडविरुद्ध जित हात पार्दा कान्टे पहिलो र दोस्रो दुवै लेगमा प्लेयर अफ म्याच घोषित भएका थिए ।

 जर्जिन्हो ( इटाली, चेल्सी)

जर्जिन्हो एकै वर्ष च्याम्पियन्स लिग र युरोकप जित्ने दशौं खेलाडी बनेका थिए । चेल्सीले च्याम्पियन्स लिग जित्दा जर्जिन्हो टिमका मुख्य सदस्य रहे । यस्तै इटाली इङल्यान्डलाई पराजित गर्दै युरोकप २०२० को उपाधी जितेको थियो ।  घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा अन्तिम मनोनय छनोट गरिएको हो । बर्सीलोनाबाट पेरिस सेन्ट जर्मेन पिएसजी गएका लियोनल मेसी चौथो स्थानमा रहे । गत सिजनका विजेता  बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की पाँचौं, इटालियन गोलकिपर डोनारुम्मा छैटौ, पिएसजीका किलियन एमबाप्पे सातौं , म्यानचेस्टर युनाइटेड तथा इङल्यान्डका रहिम स्र्टलिङ आठौं, युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो नवौ र बोरुसिया डर्टमन्डका अर्लिङ हालान्ड दशौं स्थानमा रहे । महिला तर्फको शीर्ष तीनमा जेन्नी होरमोसो, लिक मार्टेन्स र एलेक्सिया प्युटेलास परेका छन । तीनै जना स्पेनिस क्लब बार्सिलोनाका हुन् ।

अन्य विधाको मनोनय यस प्रकार छ ।

वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक

पेप ग्वार्डिवाला  (म्यानचेस्टर सिटी)

थोमस  टुखेल ( चेल्सी)

रोवर्टो मान्सिनी (इटाली )

 

वर्षको उत्कृष्ट महिला टिम प्रशिक्षक

लुइस कोर्टेज (बार्सीलोना, अहिले उनी कुनै पनि क्लबसँग आवद्ध छैनन् )

पिटर गेर्डहार्सन (स्विडेन)

एम्मा हायस ( चेल्सी)

 
सिजनको उत्कृष्ट गोलकिपर

टिबो कोट्वा  (रियाल मड्रिड)

एडर्सन (म्यानचेस्टर सिटी )

इडुवार्ड (मेन्डी चेल्सी )

सिजनको उत्कृष्ट डिफेन्डर

सेसर  आपिली क्वेटा  (चेल्सी )

रुवेन डायस (म्यानचेस्टर सिटी )

एन्टोनियो रोद्रिगर (चेल्सी )

सिजनको उत्कृष्ट मिडफिल्डर

केभिन डि ब्रुयना (म्यानचेस्टर सिटी )

जर्जिन्हो (चेल्सी )

एंगोलो कान्टे (चेल्सी )

सिजनको उत्कृष्ट फरवार्ड

अर्लिङ हालान्ड  (बोरुसिया डर्टमन्ड )

रोवर्ट लेवान्डोस्की (बायर्न म्युनिख )

किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन पिएसजी )

महिला तर्फको गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डको पनि मनोनय सार्वजनिक गरिएको छ । युरोपा लिग प्लेयर अफ द सिजनको मनोनयमा इडिसन कभानी, ब्रुनो फर्नान्डेज र जेरार्ड मोरेनो मनोनयनमा परेका छन् ।

सवै विजेताको घोषणा २६ अगस्टमा च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गर्नुअघि गरिनेछ । युरोकप खेलेका २४ देशका प्रशिक्षक, युरोपा लिगका ३८ र च्यामिपयन्स लिग ३२ गरी ८० प्रशिक्षक     र युरोपियन स्पोर्टस  मिडियाका ५५ पत्रकारको मतका आधारमा विजेता छनोट गरिनेछ ।   

ताजा खबर