कक्षा ११ र १२ का विद्यार्थीलाई शुक्रबारदेखि खोप लगाइने

२०७८ भदौ ३ बिहीबार २०:३६:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोभिडवरुद्धको खोप दिइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियान संचालन गर्न लागिएको हो । परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर खोप लिन पाउनेछन् ।

त्यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि भोलिदेखि खोपको पहिलो मात्रा दिइने छ । उनका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटा वडा र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र निर्धारण गरिएको छ ।

यसका अलवा सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लिन पाइने छ।

ताजा खबर