टि-ट्वान्टी विश्वकपका लागि अस्ट्रेलियाको टिम घोषणा

२०७८ भदौ ३ बिहीबार ११:१७:०० मा प्रकाशित

उपाधि दावेदार टोली अस्ट्रेलियाले टि-ट्वान्टी विश्वकपका लागि टिम घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियन क्रिकेट बोर्डले आज १५ खेलाडीको नाम सार्वजनिक गरेको हो । विश्वकप आगामी अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म ओमान र युएइमा हुँदैछ ।

विकेट पिकर ब्याट्सम्यान जोश इंगिलसले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई  टि-ट्वान्टी विश्वपकप खेल्ने टोलीमा छनोट गरिएको हो ।  स्टिभ स्मिथ, डेविड वार्नर, ग्लेन म्याक्सवेल, प्याट कमिन्स लगायत स्टार खेलाडीले टिममा पुनरागमन गरेका छन ।

एस्टोन अगर उपकप्तान, जोश हेजलउड, मिचेल मार्श, केन रिचार्डसन, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेप्सन, म्याथ्यु वेड, एडम जाम्पा १५ सदस्यीय टोलीमा छन् । डान क्रिस्टियन, नाथन एलिस र डेनिएल साम्स रिजर्भ खेलाडीका रुपमा छन् । एन्ड्रियु टाय, जे रिचर्डसन, एलेक्स क्यारी, मोइसेस हेनरिक्स लगायतका ठूला नाम भने टोलीमा अटाएनन् ।

बंगलादेश र  वेस्ट इन्डिज विरुद्धको सिरिजमा खराब प्रदर्शन गरेपछि उनीहरु टिम बाहिर भएका हुन् । अस्ट्रेलिया  सुपर १२ को समुह ए मा छ । यो समुहमा इङ्ल्यान्ड, साविक विजेता वेस्ट इन्डिज,  दक्षिण अफ्रिका र पहिलो चरणको समुह ए को विजेता  र समुह वि को उपविजेता रहनेछ  । अस्ट्रेलियाले पहिलो खेल  २३ अक्टोबरमा दक्षिण अफ्रकासँग खेल्नेछ । अस्ट्रेलिया पहिलो टि ट्वान्टी विश्वकप जित्ने लक्ष्यमा छ । 

ताजा खबर