कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु, २१०४ जना संक्रमणमुक्त

२०७८ भदौ २ बुधबार १६:४१:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप २६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११८३९ जनाको परीक्षण गर्दा २६१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ४९९९ जनाको परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २१०४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३९६ पुगेको छ । काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन् । २१ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ४५७ जना छन् भने आइसोलेसनमा ४०३३८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर