अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

२०७८ भदौ २ बुधबार १२:१९:०० मा प्रकाशित

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली बुधबार बिहान स्वदेश फर्किएका छन् । उनीहरु बुधबार बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

“उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ”, उनले भने । मङ्गलबार दुई चरणमा गरी २०५ जनालाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।

ताजा खबर