क्लब छाड्न लागेको भन्ने समाचारमा सत्यता छैनः रोनाल्डो

२०७८ भदौ २ बुधबार १०:१९:०० मा प्रकाशित

क्रिस्टियानो रोनाल्डोले आफ्नो ट्रान्सफरलाई लिएर संचारमाध्यममा आएका समाचारको आलोचना गरेका छन् ।  इटालियन लिग सिरी या क्लब युभेन्टसका स्ट्राइकर रोनाल्डोले सामाजिक संजालमा पोस्ट गर्दै अन्यत्र जाने भनि आएका समाचारमा कुनै सत्ययता नभएको बताए ।

तर उनले भविष्यमा क्लब छोड्न सक्ने संभावना भने नकारेनन् । ट्रान्सफरलाई लिएर रोनाल्डोले पहिलो पटक प्रतिकृया जनाएका हुन् । उनले पोस्ट गरेको २ सय ८६ शब्दको स्टाटसमा  खेलाडी र व्यक्तिगत रुपमा पनि यस्तो तथ्यहिन समाचार अपमानजनक भएको उल्लेख गरेका छन् ।

३६ वर्षीय रोनाल्डो, स्पेनिस क्लब रियाल मड्रिडनै फर्कन लागेपनि पनि बताइएको थियो । यस्तै फ्रेन्च लिग वान क्लब पेरिस सेन्टन जर्मेन पिएसजी र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने पनि समाचार बाहिर आएका थिए । पोचर्सगिच रोनाल्डोले विभिन्न क्लबसँगको आवद्धता भन्दा आफ्नो काममा ध्यान केन्द्रित गर्ने बताएका छन् ।  लियोनल मेसीले बार्सीलोना छोडेर पिएसजीसँग सम्झौता गरेसँगै रोनाल्डोले पनि युभेन्टस छाड्ने  चर्चा सुरु भएको हो ।

केही अन्तर्राष्ट्रिय संचारमाध्यमले पिएसजीले मेसी र रोनाल्डोलाइ एकै क्लबाट खेलाउन चाहेको पनि लेखेका थिए । केही दिन अघि रियालका प्रशिक्षक कार्लो एन्सेलोटीले रोनाल्डो फर्किन लागेको समाचार गलत भएको बताएका थिए । रोनाल्डोको युभेन्टससँगको सम्झौता दश महिना पनि सकिँदैछ ।  

आफ्नो नामको कसैले पनि गलत प्रयोग नगरोस् भन्नाका लागि मौनता तोडेको रोनाल्डोले पोस्टमा उल्लेख गरेका छन्  । रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेड बाट रियाल गएका थिए । रियालमा नौ सिजन विताउँदै उनी युभेन्टस गएका हुन् ।  

ताजा खबर