भारतद्वारा इङ्ल्यान्ड १ सय ५१ रनले पराजित

२०७८ भदौ १ मंगलबार १४:४४:०० मा प्रकाशित

भारतले इङल्यान्डलाई दोस्रो टेस्टमा १ सय ५१ रनले पराजित गरेको छ । भारतले अन्तिम तथा पाँचौं दिन उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । इङल्यान्डले भने पछिल्लो केही समय यताकै खराब ब्याटिङ गर्यो । लन्डन स्थित लर्डसमा भारतले इङल्यान्डलाइ जितका लागि २ सय ७२ रनको लक्ष्य दिएको थियो ।

तर घरेलु टोली दोस्रो पारीमा १ सय २० रनमा अल आउट भयो । भारतीय वलरले शानदार प्रदर्शन गरेपछि इङल्यान्डको ब्याटिङ ध्वस्त बनेको थियो । ओपनर रोेरी बन्र्स र डम सिब्लेले खाता खोल्न सकेनन । बन्र्स जस्प्रित बुमराह र सिब्ले मोहम्मद शामीको वलमा आउट भएका थिए ।

कप्तान जो रुटले सर्वाधिक ३३ रन जोडे । जस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । हासिब हामिद ९, अली रोविन्सन ९ रनमा आउट हुदा साम करण शुन्यमा पवेलियन फर्किए । मोहम्मद सिराजले ४, बुमराहले ३ , इशान्त शर्माले २ र शामीले १ विकेट लिए ।

यसअघि भारतले १ सय ८१ रन , ६ विकेटको स्थितिबाट पाँचौं दिनको खेल सुरु गरेको थियो । रिसव पन्त र इशान्तले पारी अघि बढाएका थिए  । रिसव २२ र इशान्त १६ रनमा आउट भए । नवौ विकेटका लागि शामी र बुमराहले ८९ रनको साझेदारी गरेपछि भारत वलियो स्थितीमा पुगेको थियो ।

टेस्ट क्रिकेटमा भारतको नवौ विकेटका लागि यो कीर्तिमानी साझेदारी हो  । यसअघि सन १९८२ मा कपिल देव र मदन लालले ६६ रनको साभेदारी गरेका थिए । शामी ५६ र बुमराह ३४ रनमा अविजीत रहे । चेतेशवर पुजाराले ४५, रोहित शर्माले २१, विराट कोहलीले २० रन बनाए ।

भारतले १ सय ९ दशमलब ३ ओभरमा २ सय ९८ रनमा पारी समाप्तिको घोषणा गरेको थियो । मार्क उडले ३, रोविन्स र मोइन अलीले २ –२ तथा साम करणले १ विकेट लिए । यो संगै पाहुना टोली भारतले पांच टेस्टको सिरिजमा एक शुन्यको अग्रता लिएको छ । पहिलो पारीमा भारतले ३ सय ६४ रन बनाउदा इङल्यान्ड ३ सय ९१ रनमा समेटिएको थियो  । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।पहिलो टेस्ट बराबरीमा सकिएको थियो । 

ताजा खबर