नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

२०७८ श्रावण ३२ सोमबार १८:०६:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने पक्का भएको जानकारी दिएको हो ।

नेपालले विश्वकप लिग टु अन्तर्गत ओमान, अमेरिका सम्मिलत सिरिज अघि पपुवा न्युगिनीसँग खेल्न लागेको हो । पपुवा न्युगिनीसँग नेपालले सेप्टेम्बर ५ र आठमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल डे नाइट हुने पनि क्यानले जानकारी दिएको छ ।

वर्षाका कारण नेपाली टिममले राम्रोसँग ओमान सिरिजको तयारी गर्न पाएको छैन । टियु मैदानमा बन्द प्रशिक्षणमा रहेका खेलाडीले अधिकांश समय नेटमानै विताएका छन । त्यसैले तयारीका लागि नेपाली टोली २४ अगस्टमानै ओमान जानेछ । पपुवा न्युगिनीसँगको खेल ओमानमानै हुनेछ । त्यसपछि लिग टु अन्तर्गतका खेल सुरु हुनेछ । 

लिग टु को खेल तालिका आधिकारिक श्रपमा सार्वजनिक भइसकेको छैन । तर १३ सेप्टेम्बरदेखि २० सम्म हुन सक्ने जनाइएको छ । लिग टु तालिकामा ओमान शीर्ष र अमेरिका दोस्रो स्थानमा छ ।

सात राष्ट्र सम्मिलत लिग टु मा नेपालल छैटौ स्थानमा छ । नेपालले सन २०२० मा घरेलु मैदानमा लिग टु मा डेब्यु गरेको थियो । सो बेला नेपालले ओमानसँगका दुवै खेलमा हार बोहोर्यो । अमेरिकालाई दुवै खेलमा पराजित गरेर नेपालले चार अंक बटुलेको थियो । यो पटक नेपाल शत प्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ ।

डेभ ह्वाटमोरको यो, नेपाली टिमको प्रशिक्षका रुपमा पहिलो लिग टु अन्तर्गत सिरिज हो । यस्तै नेपालले लिगमा पहिलो पटक अवे खेल खेल्न लागेको हो । नेपालले ओमान जाने अन्तिम टोलीको नाम भने घोषणा गरेको छैन ।

 

ताजा खबर