बार्सीलोनासँग रियाल सोसिडाड चार दुई गोलले पराजित

२०७८ श्रावण ३२ सोमबार १२:५०:०० मा प्रकाशित

बार्सीलोनाले ला लिगामा रियाल सोसिडाडलाई चार दुई गोलले पराजित गर्दै लियोनल मेसी विनाको यात्रा सुरु गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा १९ औं मिनेटमा जेरार्ड पिकेले माम्फिस डिपायेको फ्रि किकमा हेडर गोल गर्दै बार्सालाइ अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मार्टिन ब्रेथवेटले अग्रता दोब्बर पारे । ५९ औं मिनेटमा ब्रेटवेटलेनै टिमका लागि तेस्रो गोल थपे ।

रियाल सोडिाडले लगातार दुई गोल गर्दै बार्सामाथि दवाव बनाएको थियो । ८२ औं मिनेटमा युनियलन लोबेटे र  ८५ औैं मिनेटमा मिकेल ओयारसाबालले गोल गरे । तर इन्जुरी समयमा सर्र्जी रोबर्टोले गोल गरेपछि बार्साले ला लिगाको आफ्नो पहिलो खेलमा चार दुईको जितका साथ तीन अंक बटुल्यो ।  स्टेडियममा उपस्थित २२ हजार समर्थक मध्ये अधिकांशले मेसीको जर्सी लगाएका थिए । उनीहरुले खेलको दशौं मिनेटमा मेसीको नाम लिँदै हुटिङ पनि गरेका थिए ।

यसै सिजन क्लबमा भित्राइएका सर्जियो अग्वेरो चोटका कारण मैदान बाहिर छन । डेब्यु नगर्दै घाइते भएपछि  दश साता आराम गर्नुपर्ने भएका उनले स्ट्यान्डमा बसेर खेल हेरेका थिए । २१  वर्ष बार्सीलोनामा विताएका मेसीले सिजनको सुरुवातमा क्लब छोड्दै पिएसजी गएका हुन् ।

पिकेले आफ्नो तलव कटौती गर्न सहमति जनाएपछि अब बार्साले मेम्फिस, एरिक गार्सिया र रे मानायलाई ला लिगामा दर्ता गर्न सक्ने भएको छ । ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले दश खेलाडीमा समेटिएको सेल्टा भिगोलाइ दुई एक गोलले पराजित गर्यो ।  
 

ताजा खबर