जब विदेशीको खेल राष्ट्रका नसा नसामा प्रवेश गर्छ, राष्ट्र अफगानिस्तान नै हुन्छ

२०७८ श्रावण ३२ सोमबार ०९:३०:०० मा प्रकाशित

डा. युवराज संग्रौला ।
अहिले सबैका मुखमा अफगानिस्तान झुण्डिएको छ। त्यसैपनि नेपाली समाज अल्प र अर्ध ज्ञानको आहालमा चुर्लुम्म डुबेको समाज हो, त्यसमा पनि आफूलाई बिज्ञ भन्नेहरु समेत नेताको चाकरीमा गौरव गर्ने समाज पनि हो। ।हिजो एकजमाना थियो चौतारीमा राजा भेटिए भन्ने मुखमा गीत गाउँदै हावादारी कुरालाई रास्ट्रवाद भनेर गीत गांउँथे। आज त्यस्ताको संख्या कति छ कति? आज त नेताजति नाङ्गो बादशाह बन्दा पनि, देशका हरेक नसामा विदेशी सास पस्ता पनि पत्तै छैन र चासो पनि छैन अफगानिस्तान किन त्यस्तो अफगानिस्तान बन्यो भनेर।

१. अफगानिस्तानका दुई राष्ट्रपति अमेरिकी ग्रीन कार्ड होल्डर थिए । एक जना चर्तित पत्रकारले लेखेका छन्, यी दुबैले राष्ट्रपतिको चुनाव जीते पनि, यिनको हैसियत काबुलको मेयर भन्दा माथि थिएन। अमेरिकाले समाजवादी सत्ता अपधस्त गर्न बिन लादेनलाई सिर्जना गर्यो, बिन लादेनले अमेरिकी हतियार लिएर तालिबान सिर्जना गर्यो । अनि अमेरिका विश्वमा आतंकवाद समाप्त गर्न पस्यो युद्ध लिएर । सतरी हजार त केटाकेटी र बृद्धहरु मारिए । अमेरिकाले अफगानिस्तानमा बाटो बनायो ? स्कुल बनायो ? बिजुली निकाल्यो ? अर्थतन्त्र सुदृढ गर्यो ? गरेन, केही गरेन। आफ्नै देशबाट ल्याएका दुईटा राष्ट्रपति रुँगेर बस्यो, अचानक निक्ल्यो । किनकी अब त्यहाँबाट लिनु केही बाँकी थिएन।

२. तालिबान अहिले आएको होइन, अमेरिकी रणनीति पहिल्यै फेल भएको हो। हामीले बुझ्ने र सिक्ने त कति मात्र हो भने, जब विदेशीको खेल राष्ट्रका नसा नसामा प्रवेश गर्छ, राष्ट्र अफगानिस्तान नै हुन्छ । नेपालमा राष्ट्रको बारेमा सोच्ने, गम्ने र विश्लेषण गर्ने त कति होलान् र ! कसैलाइ बहुदल सिध्याएर राजा ल्याउनु छ, कसैलाइ माधव सिध्याउनु छ, कसैलाई केपी सिध्याउनु छ, कसैलाई प्रचण्ड सिध्याउनु छ, कसलाई देउवा सिध्याउनु छ। कसैलाई यिनैलाई देवत्वकरण गर्नु छ। तर यिनै समर्थक र विरोधीका भेषमा विदेशीको पैसा खानेको ताँती छ।
३. केपीलाई माधव र प्रचन्डले बिगारे भन्ने लागेको होला। यथार्थमा उन्कै तारीफ गर्ने “केपीले नजानेको के छ, कति हो बुद्धि, के गर्ने हिम्मत छैन उनमा“ भन्दा भन्दै आफ्नैले सिध्याए। यो अचम्म हुने छैन, जब तिनैले केपीलाई एकदिन अपधस्त गर्ने छन् ।

४. माधवलाई पनि उन्कैले सिध्याउंदै छ्न। एक समय थियो यिनले केपीलाई विदेशीको इसारामा लोकतन्त्र सक्न लागेका भन्थे । आज तिनै भन्छन् माधव ठिक होइनन् । तर हामी केपी र माधव को ठिक भनेर सोच्दैनौं । हामी स्याल कराएझै कराउछौं । लडाइ केपी र माधवको, केपी र प्रचण्डको, केपी र देउवाको देख्छौं । हामी के द्ख्दैनौ भने हाम्रो दिमागमा अरु कोही शासन गरिरहेको छ। हामी कुनै अर्थमा अफगानिस्तान भन्दा भिन्न छैनौं । बस अब केही वर्षमा नेपालमा कांग्रेस र कम्युनिष्टको बीउ भेटिने छैन। अहिले जरा कुहिएको भएपनि सबै हांगा सुकेका छैनन् । तर केही वर्षमा अफगानिस्तानमा ग्रीन कार्ड होल्डर कार्जाइ र घानी जस्तै रामप्रसाद र श्याम प्रसाद अमेरिकाबाट आउनेछन् । अमेरिकामा कम्युनिष्ट र समाजवादी हुने अधिकार छैन, तर माओवादी, एमाले र कांग्रेस हुन पाइन्छ । भोलिका नेपाल चलाउनेको तालिम त रोक्नु भएन।

५. अब नेपाल दक्षिण एसियामा पश्चिमी देशको राजनीतिको केन्द्र हुनेछ । नेपालमा सबै देशका सैनिक उनको लुगा लगाएर हिँड्न पाउने नियम त बस्यो नै । भरतीय र ब्रिटिस त सैनिक क्याम नै खोलेर बसेकै छन् । अब चिनियाँ पनि आउँछन् ।

वा ! के नेता पायो हो कि देशले ? कति मातृका जन्मिएछन् ? उनीहरुका यी करामत त देखियो नै, त्यति डर लाग्दैन। तर डाँडा डोजर लगाउने, राजदूतावासमा खर्च लिन जाने, देशलाई धर्म र जातिका अधारमा बाँड्ने, र विदेशलाई स्वर्ग मान्नेदेखि डर लाग्छ। भ्रमको संक्रमणबाट ग्रस्त मानिसदेखि डर लाग्छ। आफ्नो गुटको नेताको गुहुमा पनि बास्ना सुँघ्नेहरुसँग डर लाग्छ। तर पनि विश्वास छ, आलोचकहरुले मानिसलाई सोच्न बाध्य पार्ने छन् । त्यसैले विचारको खेती गरौं, नेपालीलाई शासक होइन असल व्यवसथ खोज्न प्रेरित गरौं ।

संग्रौलाको फेसबुकबाट

ताजा खबर