प्रिमियर लिगमा चेल्सी, लिभरपुल र म्यानचेस्टरद्वारा जितको सुरुवात

२०७८ श्रावण ३१ आइतबार २०:२३:०० मा प्रकाशित

इङलिस प्रिमियर लिगमा उपाधि दावेदार टिम लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेडले जितका साथ सिजनको सुरुवात गरेका छन् । गएराति भएको खेलमा लिभरपुलले नोरिच सिटीमाथि तीन शून्य गोलको सहज जित हात पार्यो । नोरिचको मैदानमा लिभरपुललाई जित दलाउन मोहम्मद सालाहले महत्वपूर्ण भूमिका खेले ।

२६ औं मिनेटमा डिएगो जोटाले सालाहको  पासमा गोल गर्दैै लिभरपुललाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा रोबर्टो फिरमिनोले अग्रता दोब्बर बनाए । उनका लागि पनि सालाहलेनै सहयोग गरेका थिए । उनी आफैंले ७४ औं मिनेटमा गोल गरेपनि योर्गेन क्लोपको टोलीले तीन अंक जोड्यो  । लिभरपुल नोरिच सिटीविरुद्ध पछिल्ला १५ खेल यता अपराजित छ । 

चेल्सिले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा क्रिस्टल प्यालेस माथि ३–० कै जित हात पार्यो । २७ औं मिनेटमा मार्कोस अलन्सोले  फ्रि किकमार्फत आकर्षक गोल गर्दै खाता खोलेका थिए । ४० औैं मिनेटमा क्रिस्टिय पुलिसिचले दोस्रो गोल थपे । ५८ औं मिनेटमा ट्रेभो सालोबले गोल गरेपछि चेल्सि सहज जित हात पार्न सफल भयो । ट्रेभोको प्रिमियर लिगमा यो डेब्यु खेल हो ।

म्यानचेस्टर युनाइटेडले लीड्स युनाइटेडलाइ पाँच एक गोलको फराकिलो अन्तरले हरायो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे ।  युनाइटेडका लागि पहिलो ह्याट्रिक गर्ने क्रममा फर्नान्डेजले २०, ५४ र ६० औं मिनेटमा गोल गरेका थिए । ५२ औं मिनेटमा मेसोन ग्रिनउड र ६८ औं मिनेटमा फ्रेडले गोल गरेका थिए । लिड्सका लुक एलिङले ४९ औं मिनेटमा  सान्त्वना गोल गरेका थिए । पल पोग्बाले चार गोलका लागि एसिस्ट गरेका थिए । 

लेस्टर सिटीले उल्भसलाई एक शून्यले हरायो । लेस्टरका लागि ४१ औं मिनेटमा जेमी भार्डीले निर्णायक गोल गरेका थिए  । एभर्टनले साउथह्याम्पटनलाइ ३–१, ब्राइटनले बन्र्लीलाए २–१ र वाटफोर्डले एस्टन भिल्लालाई ३–२ गोलले पराजित गर्यो ।  

ताजा खबर