कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, १८६७ जना संक्रमणमुक्त

२०७८ श्रावण ३१ आइतबार १६:४७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७९३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७३२२७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८२६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२९२ पुगेको छ । क्वारेन्टाइनमा ४१९ जना रहेका छन् भने आइसोलेसनमा ३९२९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर