अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्दार गर्न परिषदको माग

२०७८ श्रावण ३१ आइतबार १४:२२:०० मा प्रकाशित

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

परिषदका अध्यक्ष केवि राउतले आइतबार विज्ञप्ति जारी गरी अफगानिस्तानमा अमेरिकी, बेलायती, जर्मनलगायतका विदेशी दूतावासको सुरक्षाका लागि एक हजार भन्दा बढी नेपाली पूर्वसुरक्षाकर्मी कार्यरत रहेकाले उनीहरुको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ताजा खबर